धम्पुसमा तिज मेला हुने
25-August-2015

बिकाशका लागि युवा भन्ने उद्देश्यका साथ पर्यटकीय गाउ कास्कीको धम्पुसमा चौथो हरितालीका तिज मेला साथमा बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ । । भाद्र २९ ,३० र ३१ गते धम्पुस ७ ,सत्ले नयाँ गाँउमा हुन लागेको मेलालाई स्थानीय श्री हिमशिखर युवा क्लब धम्पुसले आयोजना गरेको हो । धम्पुसको कला , संस्कृतिको जर्गेन मेला आयोजना गर्न लागेको क्लबका अध्यक्ष कुमार गुरुङले बताए । मेलामा तिज गित प्रतियोगिता ,नृत्य प्रतियोगिता , पुरुष भलिबल प्रतियोगीता , रस्सा कस्सी प्रतियोगिता, साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुति रहने क्लबका सचिब शुरेस सुनारले जानकारी दिए । तिन दिने मेलालाई भव्यताका साथ सफल पार्न क्लबले स्थानीय संघ संस्थालाई सहयोगको अपिल गरेको छ । यस अघि पनि क्लबले आफ्नो वार्षिक उत्सबको अवसरमा तिज मेला आयोजना गर्दै आएको थियो

Events
Random Picks