कवि नवराज पराजुलीको एकल कबिता कन्सर्ट पोखरामा हुने
8-October-2018


जक्सन डटकम
पोखरा, असोज २२ 

पोखरामा कवि नवराज पराजुलीको ‘कबिता कन्सर्ट’ हुने भएको छ ।

कविहरु पनि अब व्यावसायिक बन्नुपर्ने अभिप्रायका साथै व्यावसायिक कविता वाचनका प्रखर कवि पराजुलीले आफ्ना चर्चित कविताहरु कन्सर्टमा प्रस्तुत गर्ने सोमबार पोखराको न्युरोड स्थित हिमालयन रिडर्स कर्नरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

आउँदो शुक्रबार पोखरा सभागृह हलमा अपरान्ह ४ बजे पछि कार्यक्रम हुने आयोजक संस्था लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटिका प्रथम उपाध्यक्ष एवम कार्यक्रम संयोजक लायन मोहन प्रसाद अधिकारीले बताए । उनका अनुसार कार्यक्रम सम्पन्न गर्न अनुमानित रु.२ लाख ५० हजार खर्च लाग्ने छ । खर्च कटाएर बचत रकम अपाङगता भएका व्यत्तिहरुलाई सहयोग गरिने अधिकारीले बताए ।

लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्षको सन्दर्भ पारी लायन्सको ‘हामी सेवा गर्छौ’ लाई मुल मन्त्र मान्दै लायन वर्ष २०१७-१८मा समान उदेश्य लायन्स क्लबको माध्यमबाट समुदायको सेवा र मानविय आवश्यकत्तालाई सम्बोधन गर्न सशक्त बनाउदैं शान्ति र अन्तराष्ट्रिय समझदारी प्रति अभिप्ररित गराउने अभिप्राय सहित २० जना सदस्यहरुको संस्थापक सदस्यमा लायन्स कल्ब अफ पोखरा स्वर्णिम सिटिको स्थापना भएको लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटिका अध्यक्ष लायन गोविन्द देवकोटाले बताए ।

क्लबको परिचय दिदैं फरक विषय वस्तु सन्दर्भका कार्यक्रम संचालन, क्लबको नियमित क्यालेन्डर बमोजिमको कार्यक्रम संचालन, आर्थिक संकलन हुने खालका कार्यक्रम र शारीरिक अपांगता भएका व्यत्तिहरुलाई सहयोग गर्ने हेतुले क्लबले कार्यक्रम गरिरहेको देवकोटाले बताए । ‘कविता कन्सर्ट टिकट सिष्टम हुने उनले बताए । कार्यक्रममा प्रवेश शुल्क स्वरुप रु ३ सय, ५ सय र १ हजारको टिकट लाग्ने आयोजकले जनाएको छ ।

 

Write a Comment