उत्पीडनको आरोप लागेपछि यी बलिउड अभिनेता-निर्देशकले माफी मागे
9-October-2018


जक्सन डटकम
काठमाडौँ, असोज २३

बलिउड अभिनेता तथा निर्देशक रजत कपुरले आफूमाथि दुई महिलाले यौन उत्पीडनको आरोप लगाएपछि माफी मागेका छन्।

ट्वीटमा उनले आफ्नो कार्य तथा शब्दबाट चिप्लिएर सो हुन गएको भए 'हृदयको अन्तस्करणदेखी नै माफी माग्छु' भनेका छन्।

पत्रकार सन्ध्या मेननले उनीसँग दुई महिलाहरू रजतले आफूहरूलाई उत्पिडन गरेको संवाद स्क्रिनसट सेयर गरेकी थिइन ।

ती संवादमा रजतले उनीहरूलाई फोनमा दुर्व्यवहार गरेको बताएका थिए। दुई महिलामा एक पत्रकार हुन् भने अर्कीले कुनै समय रजतको सहायक भएर काम गरेकी थिइन्।

पत्रकार महिलाले रजतले एक फोन अन्तरवार्ताका दौरान उनलाई 'के तिमी तिम्रो आवाज जत्तिकै सेक्सी छौ' ? भन्ने जस्ता प्रश्न गरेको आरोप लगाएकी छन्।

त्यस्तै उनका अनुसार रजतले उनको शरिरको नापका बारेमा पनि आफूसँग प्रश्न गरेको जनाएकी थिइन्। अर्की महिलाले भने आफूले रजतको सहायक भएर काम गर्दा रजतले पटकपटक फोन गरेर उनीसँग एक रित्तो घरमा फिल्म खिच्न चाहेको बताउने गरेको आरोप लगाएकी छन्। यो घटना करिब १० वर्ष अगाडीको हो।

यस्तो आरोप लागेपछि रजतले प्रतिक्रियास्वरूप सो ट्वीट गरेका हुन्।

उनले ट्विटमा यसरी माफी मागेका छन्।

'सारा जीवन मैले भद्र मानिस बन्ने कोशिस गरेको छु, जसले सहि काम गरोस। यदि यस दौरानमा म कतै पनि मेरो कार्य र शव्दमा चिप्लिएर त्यसबाट कसैलाई चोट, पीडा तथा 'ट्रमा' हुन गएको भए मेरो माफी स्वीकार गर्नुहोस्।'

त्यस्तै उनले ट्वीटमा यस्तो पनि उल्लेख गरेका छन्।

'म मेरो हृदयको अन्तस्करणदेखि नै माफी माग्छु, मैले कसैलाई चोट पुर्याएकोमा म दु:खी छु'। मेरा लागि मेरो काम भन्दा पनि केहि महत्वपूर्ण छ भने त्यो राम्रो मानव बन्नु हो। मैले त्यस्तो हुन कठिन प्रयास गरेको छु, र अब म त्यसका लागि झन बढि कोशिश गर्नेछु।'

 

Write a Comment

Events
Random Picks