अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’ फर्स्टलुक रिलिज
12-October-2018


जक्सन डटकम
पोखरा, असोज २६

चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको फ्लोरमा निस्किँदै गर्दा फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । 

पोस्टरमा अनमोल र सुहाना फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोेलको हातमा गितार देख्न सकिन्छ । 

झरना थापाले दोस्रो पटक निर्देशन गर्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो फिल्ममा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । फिल्म सांगीतिक लभस्टोरी रहेको बताइएको छ  फिल्ममा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
 
निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । रोशन श्रेष्ठले द्वन्द्व निर्देशकको जिम्मेवारी पाएका छन् । ‘ए मेरो हजुर ३’ लाई सञ्जय लामाले खिच्नेछन् । 

 

Write a Comment