रणवीर र दीपिका अर्को महिना बिहे गर्दै, यस्तो छ निम्तोपत्र
23-October-2018


जक्सन डटकम 
काठमाडौँ, कार्तिक ६

बलिउड अभिनेता रणविर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति टुङ्गो लागेको छ।

दीपिकाले आफ्नो फेसबुकमा विवाहको कार्ड सार्वजनिक गर्दै अगामी महिना विवाह हुने जानकारी दिएकी हुन्। दुबैको बिबाह नोभेम्बर १४ र १५ मा हुनेछ।

निम्तोपत्रमा 'यतिका वर्षसम्म दर्शक शुभेच्छुकले दिएको माया र स्नेह गरेकोमा हामी आभारी छौ र अब सुरू हुन लागेको माया, मित्रता तथा विश्वासको सुन्दर नयाँ यात्रामा आशिर्वाद कामाना गर्छौ', भनिएको छ।

दुबैको बिबाह सिन्धी परम्परा अनुसार हुने भारतीय संचारमाध्यमले जनाएका छन्। उनीहरूको बिबाह इटालीको 'लेक कोमो'मा हुने पनि बताइएको छ। उनीहरूको बिबाहमा करिब ३० पाहुना सहभागी हुने अनुमान लगाइएको छ।

दीपिका र रणवीर पछिल्लो पटौक संजय लिला भन्सालीको 'पद्मावत'मा साथै देखिएका थिए।

 

Write a Comment

Events
Random Picks