तनुश्रीले राखीमाथि हालिन् मानहानीको मुद्धा , १० करोड क्षतिपुर्ती माग
23-October-2018


जक्सन डटकम 
काठमाडौँ, कार्तिक ६

बलिउडमा चलिरहेको अभियानको सुरुवातकर्ता नायिका तनुश्री दत्तलाई मानिएको छ । करिब १० बर्ष अगाडी उनले नाना पाटेकरको कारण झेलेको यौन र्दुव्यवहार र आक्रमणको बिरुद्धमा बोलेपछि उनीमाथि समर्थन गर्नेहरुको लाम नै लाग्यो । तथापी १० बर्षपछि आएर यस्तो कुरा निकालेको भन्दै उनीमाथि आलोचना पनि भए ।

तर तनुश्रीले त्यतीबेला पनि यो इसुलाई निकालेकी थिईन तर उनलाई समर्थन गर्ने कोही भएका थिएनन् । तनुश्रीको बयानपछि सुरु भएको अभियानमा आज चर्चित भन्दा चर्चित कलाकारहरुको नाम माटोमा मिलिसकेको छ । यसबीचमा तनुश्रीले नाना पाटेकरमाथि मात्र नभई कन्ट्रोभर्सी क्वीन राखी सावन्तमाथि पनि मुद्धा दर्ता गराएकीछिन् ।

अन्तरवार्ताको क्रममा तनुश्रीले कुनै क्लास नभएकी राखीलाई आफनो रिप्लेसमेण्ट गरेको र उनले आफनो बारेमा पनि नकरात्मक चर्चा गरेको भन्ने बताएकी थिईन् । आफुलाई क्लास नभएको भनेपछि राखीले पनि पत्रकार सम्मेलन गर्दे तनुश्रीले पब्लिसिटीका लागि नानामाथि आरोप लगाएको भन्दै तनुले ड्रग्स सेवन गर्ने , अमेरिकामा पैसा मागेर ड्रग्स सेवन गरेको जस्तो आरोप लगाएकी थिईन् ।

सोही मुद्धालाई उठाएर तनुश्रीले राखीमाथि मानहानीको मुद्धा दर्ता गर्दे १० करोड भारु क्षतिपुर्ती माग गरेकीछिन् । उता राखीले यो सब काण्ड अमेरिकाको ग्रिन कार्ड पाउँन यो सब हतकाण्ड अपनाएको दाबी गरेकीछिन् ।

सोत्र : अनलाइन खबर

 

Write a Comment