फुर्तिलो बन्न नरिवलको पानी पिउँछिन सन्नी
29-August-2015

मुम्बई । पूर्व पोर्नस्टार एबं चर्चित बलिउड अभिनेत्री सन्नी लियोनी पछिल्लो समय बलिउडमा जम्दै गएकी छिन् । आफ्नो सौन्दर्यको उनका फ्यानहरु प्रशंसा गर्ने गरेका छन् । उनी फिगरकै कारण उनका कतिपय फ्यान फिदा भएको बताउाछिन् ।

भारतीय समाचार माध्यमले उल्लेख गरे अनुसार उनी आफ्नो फिटनेशलाई निकै ध्यान दिन्छिन् । नरिवल पानी उनको नियमित आहार हो । नरीवल पानीकै कारण उनले आफुलाई फुर्तिलो भएको महसुस गरेकी छिन् । साथै अनुहारको चमक पनि बढाउने गरेको छ ।

इनर्जी बढाउनका लागि दुध नियमित पिउने गरेकी छिन् सन्नी । हरेक स्वास्थ मानिसका लागि पानी अनिवार्य हो भन्ने सन्नी पानीको बोत्तल कहिल्यै छुटाउदिनन् । पानी धेरै खाँने ब्यक्तिलाई कतिपय रोगले छुननसक्ने उनको भनाई छ ।

Write a Comment