‘भैरव’ हेर्न दर्शकको महासागर
29-August-2015

काठमाडौ, भदौ १२ । लामो समयदेखि प्रतिक्षित बनेको फिल्म ‘भैरव’ हेर्न शुक्रबार दर्शकको महासागर नै उर्लियो । शुक्रबार फिल्मको पहिलो शो मा नै राजधानीका हलहरु कोचाकोच देखिए । कयौ दर्शक हलबाहिर नै दोस्रो शोको पर्खाइमा पनि बस्नुपर्यो ।

यसलाई फिल्मका निर्देशक तथा नायक निखिल उप्रेतिले आफ्नो जीवनकै सबैभन्दा सफल क्षण मानेका छन । उनले भने म आज ज्यादै खुशी छु । मैले गरेको मिहेनत र प्रयास आज दर्शकले रुचाइदिनुभएको छ । म जीवनकै सफल क्षणमा छु ।

निखिलको स्टारडम र क्रेजकै कारण दर्शक हलमा ओइरिएको हलवालाहरु बताउछन । लामो समय निखिलको एक्सन हेर्न नपाएका दर्शक शुक्रबार हलमा ओइरिएका हुन । मोफसलका हल सञ्चालकहरुका अनुसार मध्यम बर्गका दर्शकको हलमा भीड देखियो । यसबाट निखिलको स्टारडम झल्किएको उनीहरु बताउछन ।

राजधानी सहित मोफसलका केहि शहरमा रिलिज भएको भैरव तराई जिल्लाहरुमा रिलिज हुन सकेनन । तराइकै कथा बोकेको फिल्म तराइमै रिलिज नहुदा दर्शक असन्तुष्ट छन । तर तराईमा हाल भैरहेको आन्दोलनको क्रम रोकिएपछि फिल्म रिलिज गरिने निखिलले बताए ।

फिल्ममा निखिलसँगै मुरलीधर, अनु शाह, नागेन्द्र रिजाल लगायतको अभिनय रहेको छ ।

Events
Random Picks