मङ्सिर १५ मा राष्ट्रिय नाचघरमा गुरुङ ‘एकल सांस्कृतिक साँझ’ हुने
2-November-2018


जक्सन डटकम
काठमाडौँ,कात्तिक १६  
वरिष्ठ सङ्गीतकार तथा गायक प्रकाश गुरुङले आगामी मङ्सिर १५ गते राष्ट्रिय नाचघरमा ‘एकल सांस्कृतिक साँझ’ प्रस्तुत गर्ने भएका छन् । 

शास्त्रीय, आधुनिक तथा चलचित्रमा गरेर करीब एक हजार गीतमा सङ्गीत भरेका गुरुङले ५० वर्ष उमेर पूरा गरेको सन्दर्भमा उक्त कार्यक्रम गर्न लागिएको हो । विभिन्न समयमा गुरुङले आफैँँ गाएको उत्कृट गीतमध्ये १६ गीत सांस्कृतिक साँझमा गाउनेछन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा करीब तीन दशक लामो जागिरे जीवन बिताएका उनले गीत तथा सङ्गीत प्रशिक्षण गर्दै आएका छन् । उनका विद्यार्थीले उनको जीवनका विभिन्न आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्न लागेको गायक नवीन राईले जानकारी दिए । रासस

Write a Comment

Events
Random Picks