‘रोबोट २’ मा रजनीकान्तसँग आर्नोल्ड देखिने
30-August-2015

चेन्नई, भदौ १२ । सन् २०१० मा रिलिज भएको दक्षिण भारतीय फिल्म ‘रोबोट’ कोे सिक्वेलमा हलिउडका चर्चित अभिनेता आर्नोल्ड स्वार्जनेगरले अहम् भूमिका निभाउने बताइएको छ। रजनीकान्तको मुख्य भूमिका रहने फिल्मका लागि आर्नोल्डसँग फिल्मका निर्देशक शंकरले कुराकानी गरिरहेको बताइएको छ ।
 
त्यसो त शंकर निर्देशित पछिल्लो फिल्म ‘आइ’ को संगीत विमोचनमा आइपुगेका आर्नोल्डले शंकरसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । आनोल्र्डको ‘टर्मिनेटर’ श्रृंखलाको पछिल्लो फिल्म ‘टर्मिनेटर जिनिसिस’ पछिल्लो समय रिलिज भएको फिल्म हो ।

Write a Comment

Events
Random Picks