ट्वीटर प्रयोगकर्ता आमिरसँग असन्तुष्ट : पाइरेट्स अफ क्यारेवियनको नक्कल भन्दै गरे ट्रोल
4-November-2018


जक्सन डटकम
पोखरा, कार्तिक १८

आमिर खानको नयाँ सिनेमा रिलिजपुर्व ठूलो आकर्षण दर्शकमा रहने गर्छ। पछिल्लो समय उनले अभिनय गरेका 'दंगल', 'पिके', 'थ्री इडियट्स' जस्ता सिनेमाका लागि उनले दर्शक र समिक्षकबाट तारिफ बटुले।

उनी अभिनित पछिल्लो सिनेमा 'ठग्स अफ हिन्दोस्तान'को यसै साता रिलिज हुँदैछ। यसअघिका सिनेमाको ट्रेलर रिलिज हुँदादेखि नै आमिरले तारिफ पाउन सुरू गर्थे तर यसपटक भने उनको आलोचना पनि भएको छ। उनी विशेषगरी ट्विटर प्रयोगकर्ताको निशानामा परेका छन्।

प्रकाशित समाचारका अनुसार सिनेमाले हलिउड ब्लकबस्टर सिनेमा फ्रान्चाइज 'पाइरेट्स अफ दि क्यारेवियन'बाट नक्कल गरेको भन्दै ट्विटरमा आलोचना र उडाउने काम भइरहेको छ।
यसरी आलोचना सुरू भएपछि सिनेमाका प्रोडक्सन डिजाइनरे आफ्नो सिनेमा नक्कल नभएको र आफूले 'पाइरेट्स अफ दि क्यारिवियन' समेत नहेरेको भन्दै बचाउ गरिरहेका छन्।

'यो मेरो दिमागमा कहिल्यै आएन। हाम्रो जीवन धेरै सरल छ, हामीलाई त्यो समय थाहा छ र त्यो जहाजका बारेमा पनि। त्यो त हामीलाई ज्ञात भएको रा हो। त्यस्ता जहाजहरू अझै चलिरहेका छन्। त्यस कारण... मैले ती सिनेमाबाट केहि सापटी लिएको छैन्', सिनेमाका प्रोडक्सन डिजाइनर सुमित बासुले भने।

यस कुराको बचाउ स्वयमं आमिरले पनि गरेका छन्। 'त्यस्ता सयौं एक्सन एड्भेन्चर सिनेमा छन्। पाइरेट्स अफ क्यारेवियन छ, इन्डियाना जोन्स र अरू धेरै छन्। यी सबै एक्सन एडभेन्चर सिनेमा हुन्। हाम्रो पनि त्यही हो तर कथा फरक छ। मेरो चरित्रसमेत अरू कुने चरित्रको जस्तो छैन्', एक अन्तरवार्तामा आमिरले प्रष्टीकरण दिदैं भनेका छन्।

आमिर र प्रोडक्सन डिजाइनरले यस्तो प्रष्टिकरण दिएपनि इन्टर प्रयोगकर्ताहरू यो मान्न तयार छैनन्। उनीहरूले सिनेमाको ट्रेलर रिज भएदेखी नै आमिरको चरित्र रजोडी डिपको 'क्यापटेन ज्याक स्प्यारो'बीच समानता देखाइरहेका छन्।

यसकासाथै उनीहरूले एक्सनमा पनि समानता रहेको र सिनेमाका पात्रहरूपनि सो सिनेमाबाट प्रभावित रहेको बताएका छन्। ट्वीटरमा फिल्मको यस्तो आलोचना भएको छ।

सोत्र : सेतोपाटी

 

Write a Comment

Events
Random Picks