सामाजिक ड्रामा रहेको 'प्रसाद' को ट्रेलर रिलिज
4-November-2018


जक्सन डटकम
पोखरा, कार्तिक १८

निःसन्तान दम्पतीको कथामा आधारित पारिवारिक सामाजिक ड्रामा 'प्रसाद'को ट्रेलर रिलिज गरिएको छ।

दिनेश राउत निर्देशित सिनेमाको शुक्रबार एक सागीतिक टेलिभिजन रियालिटी शो मार्फत सिनेमाको ट्रेलर रिज गरेको हो।

सार्वजनिक ट्रेलरमा प्रेमविवाह गरेका पतिपत्नीको सन्तान नभएपछिको पीडा, आरोह-अवरोह र विवाहइतेर सम्बन्धको सेरोफेरो ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा देखाइएको छ।

सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत मूख्य भूमिकामा रहेका छन्। उनीहरूका अलावा बसुन्धरा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व, भोला शाह लगायतको अभिनय सिनेमामा छ।
सिनेमा मंसिर २१ गते रिलिज हुनेछ।

सिनेमामा शिव विकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, सुवास भुसालको संगीत, विकास सुवेदीको सह–निर्देशन रहेको छ । सिनेमालाई सुशिल पौडेलले लेखेका हुन्।

 

Write a Comment