"समयभन्दा अगाडी हुनाले केहि फिल्मले धेरै पैसा कमाउँदैनन्"
7-November-2018


जक्सन डटकम 
काठमाडौं, कात्तिक २१ 

पछिल्लो पटक 'बजार' फिल्ममा काम गरेकी बलिउड अभिनेत्री चित्राङ्गदा सिंहले फिल्मी क्षेत्र तथा दर्शकले कलाकारको 'पर्दाको छवि' लाई 'स्टेरियोटाइप' बनाइदिनु कुनै-कुनै समय आफैमा डरलाग्दो भएको धारणा राखेकी छन्।

सन् २००३ मा 'हजारो ख्वाहिशो ऐसी' बाट बलिउडमा डेब्यू गरेकी सिहंलाई अक्सर फिल्मी पर्दामा बलियो, आदर्शवादी तथा बौद्धिक चरित्रका लागि प्रस्ताव गरिन्छ।

'मेरो सोचमा कलाकारलाई उसले पर्दामा निर्वाह गरेको भूमिकाको आधारमा वास्तविक जीवनमा हेरिन्छ। मेरो पहिलो फिमपछि मानिसहरे म वास्तविक जीवनमा पनि गीता राव जस्तै सुतिको साडी लगाएर बाँचने मानिसका रूपमा बुझ्ने गरेको सम्झन्छ।' हामीले पर्दामा जस्तो गर्दै फिल्मी क्षेत्र र दर्शकले पनि हामाई त्यस्तै सोच्न थाल्छन्।

कुनै कलाकारले आवश्यक्ता अनुसार फिल्ममा बोल्ड दृश्य दियो भने उसलाई वास्तविक जीवनमा पनि सोहि रूपमा सोच्न थालिन्छ, जून कलाकारको लागि तर्साउने कुरा होु, आइएएनएसलाई दिएको अन्तरवार्तामा उनले भनिन्।

चाहे ती 'सरी भ'इु वा' 'इनकार' हो, सिंहको कामले तारिफ नै पाएको छ, भले ती फिल्मले वक्सअफिसमा ठूलो कमाइ नगरेका हुन्। वास्तविक्ता निकट फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदैन हो भन्ने प्रश्नमा सिहं भन्छिन्, 'जब मिर्च मसाला, हजारो ख्वाहिशो ऐसी, मण्डी र मासुम जस्ता फिल्मको कुरा आउँदा तिनको वक्सअफिस सफलता भन्दा पनि समाजलाई ती महत्वपूर्ण कथा हुन भनेर देखाउनुपर्छ।'

'एउटा व्यवसायिकरूपमा सफल फिल्ममा मनोरञ्जनको बलियो खुराक हुन्छ जसमा महत्वपूर्ण कथा नहुन पनि सक्छ। त्यसमा यथार्थको अंश नहुन पनि सक्छ तर यसको मतलब यो होइनकी भन्नलाई ती महत्वपूर्ण कथा होइनन्।'

यस्तै यथार्थको गम्भिर ढंग प्रस्तुतिले ठूलो पर्दामा त्यस्ता फिल्म हेर्न दर्शकलाई पर राख्छ होरुु भन्ने प्रश्नमा उनको भनाइ यस्तो छः

'हुनसक्छ।। त्यो साँचो हो। हुनसक्छ शुक्रबारका लागि अत्याधिक पचाउनुपर्ने हो केहि फिल्मले पैसा कमाउँदैनन् किनकी ती समयभन्दा अगाडीका सिनेमा हुन्छन। तिनीहरूले व्यवसायिक फिल्मको सुत्रलाई मोडिरहेका छन्। तर समयसँगै ती फिल्म 'कल्ट' बन्छन्।'

'बजार' मा राधिका आप्टेसँग पहिलो पटक काम गरेकी सिंहसँग आप्टेका बारेमा भन्नका लागि राम्रा कुराहरू छन्।

'मेरो विचारमा उनी सबैभन्दा सुरक्षित प्रतिभाशाली कलाकार हुन्, जो स्वभावतः गैर-फिमी स्वभावकी छन्। मलाई उनी मनपर्छ किनकी उनी स्वबाविक छिन्। फिल्ममा एकसाथ हाम्रो धेरै दृश्य छैनन्, उनीसँगको काम राम्रो थियो।'

 

Write a Comment