इतिहासकार कमलप्रकाश मल्लको निधन
18-November-2018

जक्सन डटकम
काठमाडौँ, मंसिर २

भाषा विज्ञान, नेपाल भाषा र संस्कृतिको गहन अध्ययन गरेका कमलप्रकाश मल्लको शनिबार राति निधन भएको छ ।

उनका भाइ कृष्णसुन्दर मल्लका अनुशार अमेरिकाको एटलान्टामा राति ११:४५ मा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए। उनलाई पार्किन्सन भएको थियो।

त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्रध्यापक मल्ल ८३ वर्षका थिए। उनका श्रीमती र छोराछोरी छन्। उनको अमेरिकामै अन्त्यष्टि गरिनेछ। उनले नेपाली इतिहासलाई वैकल्पिक दृष्टिकोणबाट ब्याख्या गर्दै केही चर्चित पुस्तक पनि लेखेका छन्।

‘द रोड टु नो ह्वेर’ उनको सबैभन्दा चर्चित पुस्तक हो।

Write a Comment

Events
Random Picks