नायक विपिन कार्कीको खुट्टाको अप्रेशन
20-November-2018


जक्सन डटकम
पोखरा, मंसिर ४

चलचित्र ‘जात्रै जात्रा’को छायांकनका लागि जाँदै गर्दा काठमाण्डौको कालिमाटीमा बाइक दुर्घटनामा परेका नायक विपिन कार्कीको खुट्टाको अप्रेशन गरिएको छ । उनको, बल्खुमा रहेको बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो ।

उनले अब केही हप्ता पूर्ण रुपमा आराम गर्नुपर्नेछ । खुट्टाको अप्रेशन भएपछि उनले काम गरिरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन समेत प्रभावित हुने भएको छ । फागूण १७ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिसकिएको छ ।

यस्तै, उनी अभिनित चलचित्र ‘प्रसाद र गोपी’ रिलिजको तयारीमा छन् । बिहान कालिमाटीमा बाइक रोकिराखेको अवस्थामा तिव्र गतीमा आएको बाइकले आफूलाई ठक्कर दिएको विपिनले बताएका छन् । विपिनलाई ठक्कर दिएपछि सो बाइकले अर्को कारलाई पनि ठक्कर दिएको थियो । लाइसेन्स नभएका चालकले बाइक चलाएको वुझिएको छ ।

सोत्र : अनलाइन खबर

 

Write a Comment

Events
Random Picks