नक्कली कपालमा हिरो बनेका छन् बलिउडका यी स्टार
4-December-2018


जक्सन डटकम
मुम्बई,मङ्सिर १८
बलिउड फिल्म उद्योगमा धेरै यस्ता स्टार छन् । जसको लाखौं करोडौं फ्यान छन् । यी स्टारको फ्यान फलोविंगका हुनुको कारण उनीहरुको लुक र स्टाइल पनि हो । बलिउडका केही अभिनेताको लुक र स्टालमा त लाखौं केटीहरु मरिहत्ते गर्दछन् । रिल लाइफमा देखिएझैं रियल लाईफमा भने उनीहरु त्यतिकै सुन्दर देखिदैनन् ।

ती ५ स्टारको आज चर्चा गर्न खोजिएको छ । जसको एक झलक पाउन दर्शक घन्टौ प्रतिक्षा गर्ने गर्दछन् । तर उनीहरु रियल लाइफमा भने टक्लु (तालु खुइले) देख्न सकिन्छ । अर्थात उनीहरु नक्कली कपाल प्रयोग गर्ने गर्दछन् । 

रजनीकान्त 
साउथ फिल्म उद्योगको सुपरस्टार रजनीकान्तलाई निकै शानदार अभिनयका कारण चिन्ने गरिन्छ । उनले अभिनय करियरमा निकै सुपरहिट चलचित्र दिएका छन् । उनी आफ्नो स्टाइलका कारण पनि चर्चित छन् । तर धेरैलाई थाहा नहुन पनि सक्छ । उनी हरेक फिल्ममा विकको प्रयोग गर्ने गर्दछन् । 

अक्षयकुमार 
अक्षय बलिउडमा खेलाडी कुमारको नामबाट चिनिएका छन् । उनको लुक आज पनि युवा पिँढीका लागि प्रिय छ । अक्षय पनि कम कपाल भएका अभिनेता हुन् । उनी पनि अभिनयका लागि विक प्रयोग गर्दछन् ।

सलमान खान 
सलमानको पुरानो फिल्म हेर्ने हो भने उनको कपाल कम देख्न सकिन्छ । उनको कपाल केही झरेको थियो । तर उनले कपालको ट्रिटमेन्ट गरेर उमारे । उमारेको कपालमा उनको लुक निकै राम्रो देखिन्छ ।  

अमिताभ बच्चन 
बलिउडका महानायक अमिताभ बच्चनलाई अहिले कस्ले पो चिन्दैन र । उनी आज पनि फिट स्टाइलिस देखिन्छन् । एक जमानामा उनको स्टाइल फ्यानले कपी गर्ने गर्दथे । एक समय उनको पनि कपाल खराब भएको थियो । तर उनले हेयर ट्रान्सप्लान गरे । जसको कारण आज उनको धेरै कपाल देख्न सकिन्छ । 

कपिल शर्मा 
कमेडियन किङ्ग भनेर चिनिने अभिनेता कपिल शर्मा पनि कम कपाल भएका ब्यक्ति हुन् । करियरको सुरुवातमा कपिलको कपाल कम भएको देख्न सकिन्थ्यो । तर उनले हेयर ट्रान्सप्लानको मद्दतले फेरि बाक्लो कपाल पाए । उनले लुक पनि चेन्ज गरे । अहिले उनको कपाल निकै बाक्लो र कालो देख्न सकिन्छ । 

Write a Comment

Events