मनीषा कोइरालाको आत्मवृत्तान्त डिसेम्बरमा सार्वजनिक हुँदै
11-December-2018

जक्सन डटकम 
पोखरा, मंसिर २५

अभिनेत्री मनीषा कोइरालाको आत्मवृत्तान्त डिसेम्बर १५ मा सार्वजनिक हुने भएको छ । 

क्यान्सरसँगको लडाइँका विषयम मनिषाले लेखक निलम कुमारसँग मिलेर पुस्तक तयार पारेकी छन् । निलम कुमारका आठ पुस्तक सार्वजनिक भइसकेका छन् । उनी भारतकी बेस्ट सेलर लेखक हुन् ।

शनिबार मनिषाले आफ्ने पुस्तक डिसेम्बर १५ मा सार्वजनिक हुने ट्विटरमार्फत् जानकारी गराएकी हुन् । पुस्तकको मूल्य भारु ३४७ रुपैयाँ रहेको छ । 

मनीषाले आफ्नो पहिलो पुस्तकको नाम ‘हिल्ड: हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ राखेकी छन् । अंग्रेजी भाषाको पुस्तक भारतको पेन्गुइन प्रकाशनले बजारमा ल्यउन लाागेको हो । 

बलिउड फिल्ममा चर्चा कमाएकी मनीषालाई २०१२ म क्यान्सर देखिएको थियो । 

Write a Comment