आशिरमान र शिल्पाको ‘ब्रेकअप’ फागुन १७ मा
16-December-2018

जक्सन डटकम
पोखरा, पुष १

पुस २७ लाई रिलिज मिति घोषणा गरेको फिल्म ‘द ब्रेकअप’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । निर्माता तथा निर्देशक हेमराज विसीले फागुन १७ गते ‘द ब्रेकअप’ आउने निश्चित भएको बताएका छन् ।

उसो त फागुन १७ गते अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ पनि लाग्दै छ । बिपिन कार्कीको दुर्घटनाका कारण फिल्म ‘जात्रै जात्रा’ भने फागुन १७ बाट पछि हटेको छ । ‘फिल्म राम्रो बनाउन मिहिनेतसँगै केही समय पनि लाग्ने देखियो । फिल्मको मुख्य पाटोको रूपमा २० प्रतिशत भीएफएक्सको काम छ । यसलाई सकाउन पनि समय लाग्ने भयो,’ फिल्म ‘द ब्रेकअप’ का निर्देशक हेमराज बिसीले कान्तिपुरसँग भनेका छन्, ‘त्यसैले पनि यसअघि भनिएको पुस २७ मा फिल्म तयार पार्न नसकिने भयौं । अब फागुन १७ बाहेक रिलिज गर्ने उपयुक्त मिति देखेनौं ।’ 

उक्त मितिमा पर्याप्त बिदा भएको र बजारले दुई नेपाली फिल्म धान्ने ठानेरै ‘क्याप्टेन’ सँगै आउँदा समस्या नपर्ने उनको बुझाइ छ । भने, ‘हामीले ‘क्याप्टेन’ सँग जुधाउन खोजेको हैनौं । बरु सँगसँगैआउँदा दुइटै फिल्मलाई राम्रो हुन सक्छ । एउटा फिल्म हेर्ने दर्शकले अर्को पनि हेर्न सक्छन् ।

रूपक थापा, रेणु राणा, दीपक खतिवडा र निर्देशक बिसीकै लगानी रहेको ‘द ब्रेकअप’ मा आशिरमान र शिल्पा सहित रेमनदास श्रेष्ठ, सरोज खनाल, ईच्छा कार्कीको अभिनय छ । फिल्मको यसअघि नै ‘आज हाम्रो भेट भाको दिन…’ र लभ संग रिलिज भैसकेको छ ।

Write a Comment

Events
Random Picks