३० किलो वजन बढेपछि यस्ता देखिए अमिर खान
14-September-2015

मुम्बई, भदौ २८ । बलिउड नायक अमिर खानले हालै ३० किलो वजन बढाएका छन् । चलचित्रमा जीवन्त अभिनय गर्न माहिर मानिएका अमिरले आफ्नो नयाँ चलचित्र ‘दंगल’ का लागि वजन बढाएका हुन् ।
३० किलो वजन बढेपछि सार्वजनिक स्थलमा देखिएका अमिरको केही तस्वीर सार्वजनिक भएको छ ।

‘बिग बोस–८’ का विजेता गौतम गुलाटीका अनुसार केही दिनअघि उनले अमिर खानसँगै एउटै फ्लाइटबाट यात्रा गरेका थिए । भेटमा उनले अमिरसँग खिचाएको तस्वीरसमेत सार्वजनिक गरेका छन् । गुलाटीका अनुसार वजन बढेका कारण अमिरलाई सास फेर्न समेत कठिन हुने गरेको छ ।

आफ्नो भूमिकालाई प्रभावकारी रुपमा निर्वाह गर्ने क्रममा अमिरले वजन बढाएका हुन् । ‘दंगल’ मा उनले एक पहलवानको भूमिका निर्वाह गर्दैछन् । यतिमात्र होइन, सो चलचित्रमा उनी दुई जवान छोरीको पिताका रुपमा देखा पर्दैछन् जसले आफ्ना छोरीलाई कुस्तीको प्रशिक्षण दिन्छन् ।

Events
Random Picks