'पुरानो बुलेट'को पहिलो प्रदर्शन हङकङमा
9-January-2019

जक्सन डटकम
पोखरा, पुष २५

अनुपबिक्रम शाही स्टारर फिल्म 'पुरानो बुलेट'को पहिलो प्रदर्शन हङकङमा हुने भएको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमाको प्रिमियर फेब्रूवरी २३ मा हङकङको याउमातेईस्थित कम्युनिटी हलमा हुनेछ।

 सिनेमा नेपालमा  चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । हाल सिनेमा पोष्ट प्रोडक्सन चलिरहेको छ ।

'हेल्प फर ह्युमिनिटी' (न्यानो काख अभियान) सहयोगार्थ सिनेमाको प्रदर्शन हुन लागेको जानकारी निर्देशक भीषण राईले दिएका छन्।

सिनेमामा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बुको अभिनय रहेको छ। उनीहरूका अलावा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय फिल्ममा समावेश छ ।

Write a Comment

Events
Random Picks