सुटिङ सेटमा हरिहर अधिकारीको गर्लफ्रेन्डले गरिन् बबाल ( फिल्मी गसिप )
12-January-2019

harihari adhikari shubha love

( फिल्मी गसिप ) 
रेम बि.क 
पोखरा, २८ पुस । 

ज्योतिष हरिहर अधिकारी नायक बनेको फिल्म शुभ लभ को टाइटल गीतको छायाँकन चलिरहँदा उनकी प्रेमीका आएर सुटिङ सेटमा बबाल गरेकी छन् । भव्य रुपमा सजाईएको कारमा फिल्मकी नायिकासँग रोमान्स गरिरहेका हरिहरलाई उनकी ‘प्रेमिका हुँ’ भन्दै एक युवती आएर भनेपछि एकैछिन सुटिङ नै रोकियो । 

हरिहर पोखरा आएको र आफूलाई भन्दै नभनि फिल्मकै नायिकासँग रोमान्स गरेको भन्दै ती युवती सेटमा पुगेर रोईन् । यद्यपी हरिहरले भने गर्लफ्रेन्ड दाबी गर्दै सेटसम्म आईपुगेका युवतीलाई आफूले नचिन्ने भन्दै तर्किए । यतिसम्म कि फिल्मकी नायिकालाई पनि ती युवतीले झाँको झारिन् । 

युवती आएर एकाएक सेटमा हरिहर र फिल्मकी नायिका क्रिष्टिनसँग खनिन थालेपछि सुटिङ बिथोलियो । हरिहर अवाक भएर केहि बोल्नै सकेनन् । एकैछिन् ती युवतीलाई सम्झाउन खोजे, तर कुनै हालतमा ती युवती मान्ने वाला थिईनन् । झन् त्यसै माथि युवती रोएको देखेपछि फिल्म यूनिटका अन्य सदस्य पनि उल्टै युवतीलाई ‘फ्लर्ट गर्ने ?’ भन्दै हरिहर माथि नै जाईलागे । 

हरिहरलाई असह्य भयो । उनी फिल्मका कोरियोग्राफर रामजी लामिछानेसँग पनि झोक्किए । चश्मा फाल्दै उनले आफूले सुटिङ गर्न नसक्ने भन्दै रिसाए । 

यद्यपी केहि समयपछि भने हरिहर आफू प्य्राकं भएको थाहा पाए । लामो सास लिए । र, हाँस्न थाले । एकाएक आएको तनाव प्य्राकं भएको थाहा पाएपछि भने उनी अलिक मत्थर भए । 

खासमा पोखराको जक्शन डटकमले हरिहरलाई यसरी प्य्राकं गरेको थियो । जक्शन डटकमका अरुण गिरी र रोहन नेपालीले यस्तो प्य्राकंको कन्सेप्ट तयार पारेका थिए । र, मोडल मुस्कान सुनारलाई उनीहरुले हरिहरको प्रेमिकाको रुपमा पेश गरेका थिए । मुस्कान पोखरामा रहेर मोडलिङ गर्दै आएकी छिन् । 

shubha love nepali movie

ज्योतिषको रुपमा चर्चा कमाएका हरिहर अधिकारीले अभिनय गरेको फिल्म शुभ लभ केहि समयमै प्रदर्शनमा आउने क्रममा रहेको छ । 

Write a Comment

Events
Random Picks