पाकिस्तानी गायक फतेह अली खानमाथि डलर तस्करीको आरोप
30-January-2019


जक्सन डटकम
पोखरा, माघ १६

चर्चीत पाकिस्तानका गायक राहत फतेह अली खानमाथि पैँसा तस्करीको आरोप लागेको छ ।

उनलाई प्रवर्तन निर्देशनालय( Enforcement Directorate) ‘ED’ ले पत्रचार गरेको छ । उनीमाथि ( Federal Emergency Management Agency) ‘FEMA’ मातहत विज्ञप्ती जारी गर्दै भारतमा विदेशी रकम तस्करी गरेको आरोपमा जवाफ दिन माग गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अवैध किसिमले ३,४०,००० डलर कमाएको र सो मध्ये २,२५,००० डलर भारतमा तस्करी गरेको हुन् । ऐजेन्सीका अनुसार यदि उनको जवाफमा जाँचबुझ समिति सन्तुष्ट हुन सकेन भने उनीमाथि स्मगलिंग गरेको पैँसाको ३०० प्रतिसत जरिवाना लाग्ने छ ।

यसभन्दा अगाडि खान २०११ मा दिल्लीको इन्दिरा गांन्धी विमानस्थलमा सवा एक लाख डलर सहित पक्राउ परेका थिए । उनले सो रकमको स्रोत खुलाउन सकेका थिएनन् ।

उनले थुप्रै बलिउड चलचित्रमा हिट गीतहश्र गाएका छन् । भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध भएपनि उनले चर्चीच गित गाउदै आएको समेत आजतक इन्टुडे डट इनले लेखेको छ ।

प्रवर्तन निर्देशनालय (ED) भारतको आर्थिक कानून लागू गर्न र भारतमा आर्थिक अपराधविरुद्ध जिम्मेवार आर्थिक खुफिया एजेन्सी हो । भने (FEMA) संघीय आपातकालीन व्यवस्थापन संयुक्त राज्य अमेरिका गृह सुरक्षा को एक एजेन्सी हो

 

Write a Comment