ब्युटी पेजेन्टमा थाहै नदिई स्पोन्सर राख्ने प्रचलन बढ्दो, बिजेताले पाउँदैनन् घोषित पुरस्कार
19-September-2015

जक्सन डटकम । पोखरामा आयोजना हुने ब्युटी पेजेन्टमा थाहै नदिई स्पोन्सर राख्ने प्रचलन बढ्दै गएको पाइएको छ । बर्षेनी बढ्दै गएको ब्युटी पेजेन्टको संख्या र घट्दो स्पोन्सरको कारण यस्तो समस्या आएको हो । 

‘हामीलाई थाहै नदिइ स्पोन्सर बनाएछन्’ नाम उल्लेख नगर्ने सर्तमा एक ब्यक्तिले भने ‘मिस टियारा सकिएपछि पैसा माग्न आउँदा पो बल्ल थाहा पाएँ ।’ केही हप्ता अघि एस पि जे एस प्रोडक्सनले आयोजना गरेको मिस टियारा मा थाहै नदिइै स्पोन्सर राख्दिएपछि उनले दुखेसो पोखे ‘अहिले तपाईहरु स्पोन्सर हो भन्दै पैसा माग्न आउँछन्, आफुलाइ थाहै नपाइ भएको स्पोन्सरमा कसरी पैसा बुझाउनु र ?’

यस्तै ब्युटी पेजेन्टमा सहभागी भएर बिजेता बनेकी एक प्रतियोगीको समस्या पनि उस्तै छ । उनले अहिलेसम्म पुरस्कार नपाएको नाम उल्लेख नगर्ने सर्तमा जक्सन डटकमलाइ बताइन् । ‘प्राइज घोषणा गरियो, केही दिन त आफै दिन्छन् कि भनेर चुप लागेर बसेँ’उनले भनिन् ‘झन् पछि पछि त वास्ता गर्नै छाडे । ’

यो त एउटा प्रतिनिधि घटना मात्र हो ।पोखरामा बर्षेनी हुने ब्युटी पेजेन्टहरुको सार्वजनिक हुने यस्ता घटनाले गुणस्तर सँगसँगै विश्वसनियता माथी नै प्रश्न चिन्ह उठेको छ ।

 

Write a Comment

Events
Random Picks