सिक्किमको हिउँमा आर्यन र प्रियंका को रोमान्स
11-February-2019


जक्सन डटकम 
पोखरा, माघ २८

चलचित्र ‘हजार जुनी सम्म’को २ वटा गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको रोमान्स देखिने भएको छ ।

सिक्किममा माइनस ४ डिग्रीमा नायिका कार्कीले आफूलाई बोल्ड अवतारमा प्रस्तुत गरेकी छिन् । आर्यनसँगको रोमान्समा प्रियंकाले जाडोको समेत प्रवाहा गरिनन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको छायांकन पनि सकिएको छ । ५८ दिन लगाएर चलचित्र खिचिएको निर्माण पक्षले बताएको छ ।

प्रियंका र आर्यनले ‘हजार जुनी सम्म र तिम्रो मायामा’ बोलको गीतमा अभिनय गरेका छन् । नायिका कार्कीले भनिन्–‘निकै चिसो भएकाले खुट्टा टेक्न पनि गाह्रो भएको थियो । तर, पनि हामीले राम्रो लोकेशनमा चलचित्र खिचेका छौ ।’ पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा नायिका प्रियंका कार्की, नायक आर्यन सिग्देलको साथमा नायिका स्वस्तिमा खड्का, नव–कलाकार अक्की प्रधान मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन र प्रियंका पूर्व प्रेमी–प्रेमिकाको भूमिकामा देखिएका छन् । चलचित्रको एउटा गीतमा निर्देशक दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छिन् ।

चलचित्र आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी गरिएको छ ।

 

Write a Comment

Events
Random Picks