भ्यालेन्टाइन डेको दिन वर्षा र संजोगको विवाह
12-February-2019

जक्सन डटकम 
पोखरा, माघ २९

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्। सोमबार दुवै परिवारका सदस्यहरूको उपस्थितिमा उनीहरुले इन्गेजमेन्ट सम्पन्न भएको हो।

७ वर्ष लामो प्रेम सम्बन्धलाई मुर्तरूप दिँदै फागुन २ गते ९भ्यालेन्टाइन डेको दिन० उनीहरूको विवाह हुँदैछ। इन्गेजमेन्ट पछि दुवैले सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गरेका छन्। फोटोमा क्याप्सन एउटै राखिएको छ। ‘सबैको कथा सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ’, दुवैले फोटोसँगै यही स्ट्याटस पोष्ट गरेका हुन्।

७ वर्षअघि एक फिल्मको अडिसनमा वर्षा र संजोगको भेट भएको थियो। त्यसपछि उनीहरु निकट भए र मित्रताको सम्बन्धलाई प्रेममा परिणत गरे।

 

Write a Comment

Events
Random Picks