कञ्चनले जितिन्– पोखरा विश्वविद्यालयको ‘ट्यालेन्ट हन्ट’
12-February-2019

जक्सन डटकम
पोखरा, माघ २९


पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका विद्यार्थी संस्था साइनले आयोजना गरेको ‘पोखरा विश्वविद्यालय ट्यालेट हन्ट’को उपाधी कञ्चन भुजेलले जितेकी छिन् । बिबिए पहिलो सेमेष्टरका विद्यार्थी कञ्चनले अन्य सहभागीलाई पछि पार्दै उपाधी जितेकी हुन् । 


प्रतियोगीतामा पाचौँ सेमेस्टरकी रमिला घर्ती मगर द्धितिय, बिबिए पाचौँ सेमेस्टरकी अस्मिता सुनार र सवनम गुरुङ तृतिय र सान्त्वानामा बिएससी नर्सिङ पाचौँ सेमेस्टरका अनिल बसौलाको गुप्र र सुरक्षा बास्तोलाले जित्न सफल भएका थिए । 


प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई पुरस्कार स्वरुप नगद ५ हजार, ३ हजार, १ हजार र पाच सय का साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा सहभागीहरुले नृत्य, गायन, नाटक, चित्रकला, कविता र क्यारीकेचर गरेका थिए । प्रतियोगीतामा पोखरा विश्वविद्यालयका पाचँवटा भवनबाट सहभागीता रहेको थियो । 

विश्वविद्यालयका डिन प्रोफेसर हरिबहादुर खड्का लगायत निर्णायक मण्डलले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिन खड्काले यस्तो कार्यक्रमले विद्यार्थीमा साहसी बन्न सिकाउने बताए ।


कार्यक्रममा विश्वविद्यालयका प्रोफेसर डा. रविन्द्र घिमिरेले विद्यार्थी सिर्जनशील हुनुपर्ने बताएका थिए । एनआइसी बैँकले प्रायोजन गरेको कार्यक्रममा इन्टेल्ट एजुकेशनको सहयोग गरेको थियो । पोखरा विश्वविद्यालय एफएसयु सगं आबद्ध भएर सो कार्यक्रम गरिएको थियो । 

कार्यक्रमको निर्णायक मण्डलमा टेकबहादुर क्षेत्री, रजनी केसी, मनकुमार श्रेष्ठ, सामसुङ तामाङ र चन्द्रज्योति ढुंगाना रहेका थिए । 

See more photos :  http://jukson.com/event/877/talent-hunt-show-in-pokhara-university

 

Write a Comment

Events
Random Picks