' इंट्रोड्यूसिंग लभ लाईक नेभर बिफोर ' : ‘शुभ लभ’ ट्रेलर रिलिज
25-February-2019

चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’को ट्रेलर आज रिलिज भएको छ । ट्रेलरको बीच भागमा लेखिएको छ,' इंट्रोड्यूसिंग लभ लाईक नेभर बिफोर ' । अहिले सम्मकै फरक लभ स्टोरी बोकेको भनिएको चलचित्र ‘शुभ लभ’को ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्धको कथालाई देखाइएको छ ।
 
बास्तविक जीवनमा समेत ज्योतिषको काम गर्दै आएका हरिहर यो चलचित्रमा पनि सोही भूमिकामा छन् । तर, यसमा उनले एक यूवतीलाई प्रेम गरेका छन्, जसका लागि उनी मर्न र मार्न समेत तयार भएको देखिएको छ ।

प्रदिपकुमार उदयको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । 

चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको  छ । 

Write a Comment

Events
Random Picks