सन्तोष लामाको ‘चाइनाको रेल’ सार्वजनिक : टिकटक भिडियो बनाउनेलाई २२ हजार नगद
11-March-2019

जक्सन डट कम
फागुन २७, पोखरा | 

गायक सन्तोष लामाको स्वर र चर्चित हाँस्य कलाकार सन्दिप क्षत्रीको अभिनय रहेको ‘चाइनाको रेल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दोश्रो ‘नेपाली तारा’ सन्तोष लामाले ‘चाइनाको रेल’ अलि फरक शैलीमा गाएका छन् | 

पोखराको सेरोफेरोमा छायांकन गरिएको भिडियोमा सन्दिप क्षेत्री र पोखराको चर्चित डान्स ग्रुप क्रिस्टल क्लजको डान्स हेर्न सकिन्छ । भोडियोमा पोखरेली मोडल मुस्कान घतानेको पनि अभिनय रहेको छ | 

भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको छ । 

कृष्ण केसीको शब्द र हरि लम्सालको संगीत रहेको गीतको केहि अंश गायिका इन्दिरा जोशीले पनि गाएकी छिन । भिडियोमा इन्दिरा जोशी र गायक सन्तोष लामा समेत लाई देख्न सकिन्छ | 

संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेको भिडियोमा सन्देशजंग रानाको सम्पादन सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी रहेको छ । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् ।

यसैविच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार नगद पुरस्कारको समेत घोषणा गरिएको छ । यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ ।

रचनाकार कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । 

Photo Gallery : http://jukson.com/event/887/china-ko-rail-shooting-photo-feature-indira-joshi-sandeep-chettri-santosh-lama

Write a Comment