‘शुभ लभ’ गीतमा टुक्रियो हरिहरको सपना
12-March-2019

जक्सन डट कम
पोखरा, फागुन २८

चैत १५ मा रिलिज हुन लागेको फिल्म ‘शुभ लभ’ को नयाँ गीत सार्वजनिक भएको छ ।  'टुक्रियो एउटा सपना' गीतको भिडियोमा ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीलाई नव-अभिनेत्री क्रिस्टिन पौडेलको यादमा तड्पिएको देख्न सकिन्छ । 

गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ । 

प्रदीपकुमार उदयको प्रस्तुति रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

'तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतका कारण चर्चामा रहेको यो फिल्म लोहनीको यो डेब्यू निर्देशित फिल्म हो । रियल लाइफझैं हरिहर यस फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा आधारित भएर फिल्म नबनेको उनी बताउँछन् । यसको कथा भने उनी आफैंले लेखेका हुन् । 
 
यसमा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताउँछन् । ज्योतिषकै भूमिकामा भएका कारण फिल्ममा उनीभन्दा बाहेक अरु फिट नै नहुने उनको भनाई छ ।

Write a Comment