चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी घोषणा
22-March-2019

काठमाडौं, चैत ८

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेले उम्मेवदारी घोषणा गरेकी छन् ।

हाल महासचिव रहेकी उनले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गरेकी हुन् । उनले भनेकी छिन्, ‘यही चैत २३ गते शनिबार हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु ।’

उनले आफूलाई साथ सहयोग तथा आशीर्वाद दिन अनुरोध समेत गरेकी छन् । लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् ।

चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

Write a Comment