डराएरै भए पनि मानिसहरु किन ‘हरर’ फिल्म हेर्छन् ?
26-September-2015

डरको एक आफ्नै मनोविज्ञान छ । यस मनोविज्ञानले विभिन्न प्रवृत्तिको माध्यमबाट हाम्रो मनमा रोमाञ्चित पैदा गर्दछ । धेरैजसो उक्त रोमाञ्चक प्रतिक्रियाको हामी ‘हरर’ फिल्म हेरेर मजा लिन्छौ, जसमा अलौकिक शक्ति, भयानक राक्षस, भूत–प्रेत आदि हुन्छन् ।
हाम्रो मनको सहज प्रवृत्ति भनेको हिंसा र भय हो । जब यस प्रकारका दृश्य हामी पर्दामा देख्छौ, हामी आफैँमा रोमाञ्चित महशुस गर्दछौं । डरलाग्दा दृश्य पर्दामा हेरिरेका बेला हात र मांशपेशीहरुमा रक्तचाप बढेर जान्छ र बिस्तारै शरीरको तापक्रम बढेर पसिना निक्लिन्छ । शरीरमा यस्तो प्रकारको तरङ्ग पैदा भएमा हामी पूर्णरुपले फिल्मको मजा लिन्छौ ।

यूनानी दार्शनिक ‘अरस्तु’लाई मान्ने हो भने संकेत प्रक्रियाद्वारा डरलाग्दो काहानी वा हिंस्रक नाटकहरुको माध्यमबाट नकारात्मक भावनाहरुलाई छुटाउन वा समाप्त पार्न सकिन्छ । मानिस यस्ता नाटक वा कहानी सुन्न तथा हेर्न आकर्षित पनि छन् ।

मानिसमा जिज्ञासा हुनु स्वाभाविक हो र मानिस जहिले पनि नयाँ संसारलाई जान्न वा बुझ्न चाहान्छ । यस जिज्ञासाका कारण पनि मानिस डरलाग्दा दृश्य अर्थात् फिल्म हेर्न रुचाउँछन् ।

Write a Comment

Events
Random Picks