'ए मेरो हजुर ३' ले कमायो ४ दिनमै ४ करोड
16-April-2019

नेपाली नयाँ बर्षको अवसर पारेर गत शुक्रबारबाट रिलिज भएको अनमोल केसी स्टारर चलचित्र ' ए मेरो हजुर ३ ' ले खडेरी लागेको चलचित्र बजारलाई केहि राहत दिएको छ । स्टार किड सुहाना थापाको डेब्यु चलचित्र  ' ए मेरो हजुर ३ ' ले चार दिनमा ४ करोड १ लाख रुपैयाँ बराबरको ब्यापार गरेको छ ।

कुनै बेलाकी चर्चित नायिका झरना थापा निर्देशित चलचित्रले शुक्रवार नै ७५ लाखको ब्यापार गर्दै शानदार ओपनिङ थालेको थियो । 

मङ्गलबार सार्बजनिक रिपोर्ट र चलचित्रका वितरक मनोज राठीका अनुसार चलचित्रले शनिबार १ करोड १४ लाख र आइतबार १ करोड ५० लाख गरी जम्मा ३ करोड ३९ लाखको विकेण्ड कलेक्सन गरेको छ । सोमबारको ६२ लाखको कारोबार पछी चलचित्रले  चार दिनमा ४ करोड १ लाख रुपैयाँको ब्यापार गर्न सफल भएको हो । यो व्यापार गत वर्ष प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछिकै उच्च हो । दर्शक प्रतिक्रिया राम्रो भएका कारण फिल्म लामो समयसम्म हलमा टिक्ने वितरक राठीको विश्वास छ । 

साङ्गितिक प्रेम कथामा आधारित चलचित्रलाई दर्शकले मन पराएसँगै डेब्यु नायिका सुहानाको भविष्य चलचित्र क्षेत्रमा चम्किने आशा पनि पलाएको छ । सुनिल कुमार थापाले निर्माण गरेको 'ए मेरो हजुर ३' मा अनमोल केसीको डबल रोललाई पनि धेरैले रुचाएका छन ।

Write a Comment

Events