'दाल भात तरकारी' मा चटनी 'आचँल'
17-April-2019


जक्सन डटकम
पोखरा, वैशाख ४

पोखरामा चलचित्र प्रचारप्रसारका लागी आएका टिमलाई पत्रकारले प्रश्न गरे, चलचित्रमा 'दाल भात तरकारी' आयो चटनी किन आएन ?, भन्ने प्रश्नमा कलाकार हरिवशंले  'दाल भात तरकारी' मा चटनी चाँही नायिका आँचल हुन भनेका छन्। कलाकार हरिवशंले ठट्यौली पारामा चलचित्र 'दाल भात तरकारी' मा चटनी 'आचल' रहेको बताएका हुन।

चैतबाट सुरु गरेको मोफसल यात्रा गर्दै आएको चलचित्र टिम आज पोखरामा प्रचारप्रसारका लागी पोखरा आइपुगेको छ । चलचित्र 'दाल भात तरकारी' नेपाली चर्चित हास्य कलाकार किरण केसीले निमाण गरेका हुन् । चलचित्रको नामाकरण गरेदेखि नै चलचित्रले माया पाएको चलचित्रका निर्माता केसीले बताए ।

कलाकार हरिवंश आचार्यले कार्यक्रममा बोल्दै चलचित्रले देशको भाषा तथा संस्कृतिको जर्गेना गर्न सहयोग गर्ने बताए । गरिबीका कारणले नेपालका लाखौँ युवाहरु विदेशमा गएर श्रम गर्नुपर्ने बाध्यता भएपनि हुने खानेहरुले समेत विदेशको मोह त्याग्न नसक्ने विषयमा चलचित्र निमार्ण भएको बताए ।

“नेपालमा गरिबीले गर्दा खाडीमा जानुको अर्को विकल्प नहुने युवाहरु मात्र होइन, हुने खानेहरु पनि विदेशको मोहमा चुर्लुम्म डुबेका छन् ।” उनले भने – “विदेशमा मात्रा होइन नेपालमा बसेर पनि कमाई गर्न सकिन्छ र रमाउन सकिन्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।” विदेश नजाँदासम्म जाउँ–जाउँ लाग्ने तर गइसकेपछि भने निकै गाह्रो हुने उनले बताए ।

चलचित्रले मनोरञ्जन मात्र नभएर समाजमा सही सन्देश समेत प्रवाह गर्ने उनको भनाई छ । अहिलेको समयमा केही नेपाली चलचित्रहरु पनि विदेशी चलचित्रसंग प्रतिस्पर्धा गर्न सक्ने किसिमको बन्न थालेकोमा खुसी व्यक्त गरे । आफुहरुको चलचित्र सबै परिवारले हेर्न मिल्न किसिमको भएको समेत स्पष्ट पारेका छन् ।

चलचित्र की नायिका आँचल शर्माले नेपाली चलचित्र ‘शत्रु गते” लाई जस्तै ‘दाल भात तरकारी’ लाई समेत स्वीकार गर्न आग्रह गरिन् । उत्कृष्ट तथा एकदम राम्रो चलचित्र भनेर आफुले दावी नगरेपनि सबै टिमले मेहनत गरेको बताइन् । चलचित्रमा आफ्नो भुमिका चुलबुली, छुच्ची किसिमको रहेको उनको भनाई छ । फिल्मको गीत र टिजर दुवैबाट एकदम राम्रो प्रतिक्रिया आएको र फिल्ममा मज्जाले हास्न पाउनुको साथै केही सन्देश पनि लिएर जाने आचलले दावी गरेकी छिन् ।

नेपालमा नै पहिलो पटक चलचित्र ‘दाल भात तरकारी’ को डेढ दर्जन शोहरु बुकिङ्ग भइसकेको समेत कार्यक्रममा जानकारी दिइएको छ । सुदन केसीको निर्देशनमा बनेको चलचित्रमा निरुता सिङ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, शिवहरि पौडेल, पुष्प खड्का, वर्षा राउत लगाएतको अभिनय रहेको छ । 

चलचित्र क्षेत्रमा खडेरी लागी रहेको समयमा चलचित्र दाल भात तरकारीले नयाँ टर्निङ दिन सक्ने टिमले आशा गरेको छ । वैशाख २० गतेबाट देशभरी रिलिज हुने चलचित्र सन्देशमुलक बनेको टिमले दावी गरेको छ ।

 तस्बिर : अर्जुन गिरी

Write a Comment

Events
Random Picks