‘दाल भात तरकारी’ मा प्रियंकाको हट आइटम डान्स : एन्टिबायोटिक
26-April-2019

बैशाख २० शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीतमा नायिका प्रियंका कार्कीको हट अवतारमा नृत्य हेर्न सकिन्छ।  प्रियंकालाई गीतमा निकै बोल्ड देखाइएको छ । 

युटुब मार्फत सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको छ भने  यो गीतको भिडियो चितवनमा खिचिएको हो ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रले अमेरिका जानका लागि हुने तछाडमछाडलाई उठान गरेको छ । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् ।

Write a Comment

Events
Random Picks