वर्षाको रफ जिन्स ( फोटो फिचर )
5-May-2019

नायिका अनि स्टाइल सायद एक अर्काका परिपुरक नै हुन । हलिवुड देखि कलिवुड सम्म नायिकाहरुको स्टाइल मोह निकै नै देख्न सकिन्छ। आफुलाई अलिक फरक रुपमा प्रस्तुत गर्न नायिकाहरु नयाँ स्टाइल अपनाउने गर्छन । उनीहरुको स्टाइल नै पछी गएर फेसन बन्ने भएर पनि होला, नायिकाहरु हरेक पटक फरक स्टाइलमा आफुलाई प्रस्तुत गर्न रुचाउछन ।

नयाँ नेपाली फिल्म  'बिर बिक्रम २' को प्रोमोशनको क्रममा हालै पोखरा आउँदा नायिका वर्षा सिवाकोटी रफ जिन्स स्टाइलमा देखीइन । उनले लगाएको ड्रेसले धेरैको ध्यान तान्यो । वर्षालाई रफ जिन्स स्टाइलमा प्रस्तुत गराउने काम वर्षाकी ड्रेस डिजाईनर सुनिता श्रेष्ठले गरेकी हुन । उनको यो ड्रेसिङ्ग स्टाइलले अहिले सामाजिक सञ्जालहरुमा निकै चर्चा पाएको छ भने केहिले ट्रोल पनि गर्न भ्याएका छन ।

फोटो : अरुण गिरी

Write a Comment

Events
Random Picks