‘लभ डायरीज’ सिनेमाको फर्स्टलूक पोस्टर र प्रदर्शन मिति सार्वजनिक
14-May-2019

वैशाख मुम्बई ३१

सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरीज’ले आफ्नो फर्स्टलूक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको छ।

सौरभ चौधरी निर्देशित सिनेमा असोज ३ गते रिलिज हुनेछ । यस्तै सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक मुडमा देखिएका छन् ।

सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएको छ। 'लभ डायरिज' मा सुशील र रविनाका अलावा विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ ।

सिनेमामा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिकामा देखिनेछन्। ‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।

Write a Comment