'टिकटक' कमेडी क्विन अमितालाई सन्तोष लामाको विहे प्रस्ताब : मंसिर कि बैशाख ? ( भिडियो )
8-June-2019

जक्सन डट कम 
जेठ २५, पोखरा ।

नेपाली तारा २ का विजेता सन्तोष लामाले अहिलेकी चर्चित 'टिकटक' कमेडी क्विन अमिता गुरुङलाई विहेको प्रस्ताब राखेका छन । कि मंसिर नत्र बैशाख झनै राम्रो भन्दै उनले अमितालाई विहेको प्रस्ताब राखेका हुन । 

यो प्रस्ताब उनले रियल लाइफमा भने राखेका होईनन । आफ्नो नयाँ ‘मंसिर’ बोलको गीतको भिडियोमा अमिता संग जोडी बाध्दै सन्तोषले यसो भनेका हुन ।

मंसिर अमिताले खेलेको पहिलो म्युजिक भिडियो हो । सन्तोष स्वंयमको निर्देशन रहेको भिडियोमा अमिता सँगै वाइजर एरा क्रियुको नृत्य छ । सन्तोषलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ । विकास गुरुंगको सह निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।

सुशान्त गौतमको संगीत रहेको मंसिर गीतको शब्द एकतारेले लेखेका हुन् । एरेञ्ज शैलेन्द्र मान प्रधानको छ । 

भिडियो हेर्नुस : 

Write a Comment

Events
Random Picks