प्रनेश गौतमलाई छाड्न अदालतको आदेश
16-June-2019


काठमाडौं, असार १ 

युट्युब भिडियोमा गरिएको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युवा प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो ।चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।

गौतमको पक्राउलाई लिएर सर्वसाधारण तथा नागरिक समाज विरोधमा उत्रिएका थिए ।

Write a Comment

Events
Random Picks