‘प्रेमगीत ३’ को बलियो स्टारकाष्ट, गीत’ क्यारेक्टरमा बढ्दो कौतुहलता
19-June-2019


काठमाडौँ, असार ४

बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ, ‘प्रेमगीत ३’। छायाकन अगावै रिलिज मिति तय गरिसकेको चलचित्रमा लिड हिरोइनको खोजि भैरहेको छ।

अडिसन बाट शिर्ष २५ अनि त्यो पछिको पटकपटकको अडिसन पश्चात निर्माण टिम चाडै हिरोइन फाइनल गर्ने चक्करमा रहेको छ। हिरोइनको नाम गोप्य राखिरहदा चलचित्रको स्टारकाष्ट भने निकै बलियो बनिसकेको छ। सिरिजका अघिल्ला शृंखला जस्तै यो पटक पनि प्रेमको रुपमा प्रदिप खड्का देखिदैछन्।

उनको साथमा लिड रोलमा मनिष राउत फाइनल भएका छन्। मनिष ओस्कार कलेजका विद्यार्थी हुन्। त्यस्तै चलचित्रमा ‘पर्खिराख है’ डेव्यु कलाकार प्रेम पुरी पनि अनुबन्धित भैसकेका छन्। मण्डला थिएटरक उत्पादन पुस्कर कार्की पनि चलचित्रमा अनुबन्धित भैसकेका छन् भने निर्माता सन्तोष शेन पनि चलचित्रमा देखिनेछन्।

त्यस्तै पछिल्लो समय निर्माण टिमले चलचित्र नगरीका दुई अग्रज कलाकारलाई अनुबन्धित गरेको छ। प्रदिप खड्काको पिताको भूमिकामा लामो समय देखि महानायक राजेश हमाल रहने चर्चा थियो। तर लगातारको छलफल पश्चात हमालको समय नमिलेपछि चर्चित अभिनेता शिव श्रेष्ठ अनुबन्धित भएका छन्।

उनको साथमा चलचित्रमा सुनिल थापाको पनि प्रवेश भएको छ। मल्टिस्टारर बन्दै गएको चलचित्रमा गीतको भूमिकामा को देखिने हो त्यो सवैको कौतुहलताको बिषय बन्दै गएको छ। चैत्र २८ गते रिलिज हुने चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष शेनले संयुक्त रुपमा निर्देशन गर्दैछन्।

Write a Comment