'चपली हाईट'को तेश्रो सिक्वल बन्ने
25-June-2019

काठमाडौँ, असार १०

नेपाली इरोटिक थ्रिलर 'चपली हाईट'को तेश्रो सिक्वल बन्ने भएको छ। निर्माता अर्जुन कुमारले यसको जानकारी दिएका हुन्।

सिनेमालाई निकेश खड्काले निर्देशन गर्नेछन्। अघिल्ला दुई श्रृखंलालाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए।

खड्का र अर्जुन कुमारले यसअघि 'फाटेको जुत्ता २' निर्माण गर्ने घोषणा गरेका थिए। अब त्यो भन्दा पहिले 'चपली हाईट ३' निर्माण हुने भएको छ।

निर्देशक दिपेन्द्र के खनाल अहिले ‘आमा’को छायाँकनको तयारीमा जुटेकाले ‘चपली हाइट ३’बाट बाहिरिएको बताइन्छ। सिनेमा साउनदेखि फ्लोरमा जानेछ।

सिनेमा पुसमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

‘हामीले ‘चपली हाइट’लाई जुन नौलो कथामा निर्माण गरेका थियौ । ‘चपली हाइट ३’ पनि यस्तै नौलो कथामा निर्माण हुनेछ’, निर्माता अर्जुन कुमारले भने।

सिनेमाका लागि अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठसँग कुरा भैरहेको  निर्माता अर्जुन कुमारले बताएका छन् । यध्यपी सौगातले साउनमा समय दिन भ्याउने वा नभ्याउने निश्चित भएको छैन्।

सिनेमामा थप २ नयाँ नायिका अनुबन्धित गर्ने तयारी भैरहेको निर्माता अर्जुनले जानकारी दिएका छन् ।

सिनेमा ‘चपली हाइट ३’मा प्रतिक श्रेष्ठ, आमिर गौतम लगायतका कलाकारको पनि मुख्य भूमिकामा हुनेछन् । आमिर ‘चपली हाइट’का नायक हुन् । दोस्रो सिरिजमा नअटेका आमिरको तेस्रो सिरिजमा पुन : प्रवेश भएको छ ।

त्यस्तै अभिनेत्री प्रियंका कार्की यस सिनेमामा अतिथी भुमिकामा हुनेछिन् ।

Write a Comment

Events