'जात्रै जात्रा' ले कमायो ९.६ करोड
9-July-2019

काठमाडौं, असार २३

'जात्रै जात्रा' सिनेमाले ५१ दिनमा ९.६० करोडको ग्रस कमाइ गरेको छ।

सिनेमाका निर्देशक प्रदीप भट्टराईले सिनेमाले देशभित्र र बाहिर गरेर उक्त कमाइ गरेको बताए।

सिनेमामा .जात्रा.को सिक्वल हो। जेठ ३ गते रिलिज भएको सिनेमाले असार २० गते शुक्रबार प्रदर्शनको ५१ औं दिन पूरा गरेको हो।

राजधानीका एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिज लगायतका सिनेमा हलमा 'जात्रे जात्रा'ले ५१ औं दिन मनाएको हो ।

सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत रविन्द्र सिंह तथा रविन्द्र झाको मुख्य भूमिका रहेको छ।

Write a Comment