रेखा थापाको मल्टिस्टारर फिल्मको निर्देशक रेनेशा
12-July-2019


जक्सन डटकम
पोखरा, असार २७ 

अभिनेत्री रेखा थापाले आफ्नो छैटौं सिनेमाका लागि रेनेशा राई राणालाई अनुबन्धित गरेकी छन् ।

रेनेशाको जन्मदिनको अबसरमा रेखाले आफ्नो नयाँ फिल्मको निर्देशकका रूपमा अनुबन्ध गरेकी हुन्।  नेपाली फिल्ममा कोरियोग्राफरका रूपमा चर्चित रेनेशाले गत वर्ष ’इन्टु मिन्टु लण्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यू गरेकी थिइन्।

अभिमन्यू निरबीकोको स्क्रिप्ट माथि बन्ने यस सिनेमा मल्टिस्टारर हुने बताइएको छ। हाल स्क्रिप्टमाथि काम भइरहेको यो सिनेमा मंसिरबाट छायाँकनमा जानेछ।

सिनेमाको विस्तृत जानकारी केहि समयपछि सार्वजनिक गर्ने अभिनेत्री थापाले बताएकी छन् ।

Write a Comment

Events