गन्धर्ब थिएटरमा एक चिहान
11-August-2019

जक्सन डटकम 
पोखरा २६ साउन
पोखराको पहिलो थिएटर गन्धर्व थिएटरमा नाटक एक चिहान मञ्चन हुने भएको छ । यहि साउन ३० गतेबाट मञ्चन हुने नाटकको यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई परिपक्क बनाउन कलाकारहरुको मेहनत गरिरहेका छन् । 
नाटक भाद्र १४ गतेसम्म नियमित मञ्चन गरिनेछ । हृदय चन्द्र सिँह प्रधानले लेखेको नाटकलाई नाट्य रुपान्तरण परिवर्तनले गरेका छन् । पोखरा थिएटरको प्रस्तुतीको नाटकको निर्देशन समेत परिवर्तनलेनै गर्दैछन् । 
नाटकमा नयाँ तथा पुराना पोखरेली रंगकर्मीको अभिनय हेर्न पाइनेछ । पाठ्यक्रममा समावेश नाटक भएको कारण विद्यार्थीको रुचि यो नाटकमा बढी पर्ने पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनको विश्वास रहेको छ । नियमित सो को अलावा बुकिङ सो मार्फत समेत नाटक मञ्चन गर्ने तयारीमा आफुहरु रहेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए । नाटक मञ्चनको तयारीलाई समेत तिव्र पारिएको सञ्चालक गुरुङले जनाए ।

 

Write a Comment