मेगा मोडल रियालिटी शो को चौथो सस्करणको अडिसन पुर्बी नेपालवाट सुरु हुने
21-August-2019

जक्सन डटकम
पोखरा, ४ भाद्र 

‘मेगा मोडल रियालिटी शो’ को चौथो संस्करणको अडिसन पुर्वी नेपालको ईटहरीबाट सुरु हुदै छ । यहि भाद्रको २७ गते  ईटहरीवाट सुरु हुने  रियालिटि शो देशै भरका प्रमुख स्थानमा हुने छ । 

ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले इमेज च्यानलले यसअघि मेगा मोडलका तीनओटा संस्करण आयोजना गरिसकेको छ । मेगा मोडलको सन् २००८ मा भएको पहिलो संस्करणमा स्वस्तिका राजभण्डारी, २०१० मा रश्मिता महर्जन र २०१५ मा अनुज्ञा चन्द विजेता बनेका थिए ।

चौथो संस्करणका सम्बन्धमा इमेज च्यानलका तर्फबाट कार्यकारी निर्देशक पूजा मानन्धर र मेगा मोडलसँग प्रत्यक्षरुपमा आबद्ध रहने ‘आकामा’को तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ तथा इन्टरनेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी (आइआइएफटी)का तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै चौथो सिजनको पनि काम सुरु भएको थियो ।

यस सिजनको टाईटल स्पोन्चरको रुपमा जोया पपया सन, पावरवाई एन आई सी एशिया वैक, सिफ्रेसमेन्ट सहयोगी टोकला ग्रीन चिया, आइआइएफटी ड्रेस पार्टनरका रुपमा रहनेछन् भने  मेकअपमा लासेस, जक्सन डटकम र ईमेज खवर डटकम मिडिया पार्टनरका रुपमा रहेका छन् । यस्तै सहयोगीका रुपमा आकामा होटल, होटल स्वप्नवाग, होटल वरदान र सिल्भर ईन्टरटेन्मेण्ट रहेका छन् ।

Write a Comment

Events
Random Picks