परिच्छेदको परिक्षा चलचित्र 'म' वाट
3-September-2019


जक्सन डटकम
पोखरा, १७, भदौ

छोटा चलचित्रबाट दर्शक र समिक्षकको आँखामा पर्न सफल निर्देशक परिच्छेद सेनले ठुलो पर्दाको चलचित्र निर्देशन सुरु गरेका छन् ।

कान्तिपुर फिल्म एकेडेमिमा चलचित्र निर्माणसँग सम्वन्धीत कोषृ पढेर कानतीपुरकै निर्माणमा नेपाली कथानक चलचित्र 'म' को छायंकन सुरु गरेका हुन् । आइतबारदेखी ललितपुरको गोदावरीबाट फिल्मको छायाँकन सुरु भएको छ । फिल्मको लागि पहिलो सट  अभिनेत्री सरिता लामिछाने र नव नायक सन्जोग रसाईली दिए ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा बरिष्ठ कलाकार तथा पाइलट विजय लामा, रेवती क्षेत्री, कुसुम गुरुङ्ग, रेविका गुरुङ्ग, अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतको अभिनय रहनेछ । 

लामो समयदेखी चलचित्रका सम्पुर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको पहिलो हो । म का छायाँकार तेन्जिन पाल्देन हुन् भने सम्पादन सुविज्ञ सुन्दर श्रेष्ठले गर्नछन् ।

Write a Comment