सामाजिक सञ्जालमा फोटो अपलोड गरेरै लाखौं कमाउँछिन् यि सुन्दरी
29-October-2015

(एजेन्सी) ग्राबियल्ली इपिस्टिन अहिले २१ वर्षकी छिन् । उनी सामाजिक सञ्जाल इस्टाग्राममा चलेकी मोडल हुन् । विभिन्न सामाग्रीहरुका विज्ञापनमा समेत उनी छाउँछिन् । तर उनलाई स्टेज शो तथा मोडलिंगमा भन्दा बढी रुची इस्टाग्राममा फोटो अपलोड गर्नमै छ । यसको प्रमुख कारण उनले इस्टाग्राममा बटुलेका फलोअर्सहरु हुन् ।

इस्टाग्राममा उनका ७ लाख फलोअर्स छन् र ग्राबियल्लीका अनुसार उनी एक फोटो अपलोड गरेबापत मोडलिंग गरेर कमाउने झन्डै ४ दिन बराबरको पैसा कमाउँछिन् । उनको प्रत्येक पोष्टले औसतमा २५ हजार लाईक प्राप्त गर्ने गरेको छ । त्यसैकारण अहिले थुप्रै कम्पनी आफ्ना उत्पादनका विज्ञापन उनको एकाउन्टमार्फत गर्न चाहन्छन् । उनले केही कपडा, गहना, पेय पर्दाथ र कस्मेटिक प्रडक्टको विज्ञापन गरिसेकी छिन् । अहिले थप सम्झौताहरु समेत उनी गर्दैछिन् ।
अस्टेलियाकी गाब्रियल्लीले गोल्ड कोस्ट बुलटेनिसँगको अन्तरवार्तामा टेलिभिजन तथा एजेन्सीका विज्ञापनमा मोडलिंग गरेरभन्दा इस्टाग्राममा फोटो अपलोड गरेर धेरै कमाउने गरेको बताएकी हुन् । उनले मोडलिंग गर्नुअघि विभिन्न एजेन्सी, आयोग तथा सरकारलाई तिर्नुपर्ने ट्याक्स समेत गरेर मोडलको भागमा निकै कम पैसा आउने बताएकी हुन् ।

इस्टाग्राममा चर्चित सेलिब्रेटीमध्ये उनी एक हुन् । १ लाखभन्दा धेरै फलोअर्स भएका सेलिब्रेटीहरुलाई विज्ञापनदाताहरुले मार्केटिंग गोल्ड नै मान्ने गरेका छन् । कम्पनीहरु यस्ता मोडलले आफ्ना प्रडक्टसँग एउटै मात्र फोटो खिचेबापत सयौँ डलर खर्चन तयार हुन्छन् । केही समयका लागि उनीहरुको ब्रान्ड प्रवद्र्धनमा लाग्नेले त हजारौँ डलर पाउँछन् । उनले प्राय आफूले प्रयोग गर्ने र आफूलाई विश्वास लाग्ने प्रडक्टको मात्रै विज्ञापन इस्टाग्राममा गर्ने गरेको दाबी गरेकी छिन् । इस्टाग्राममा कुनै प्रडक्टको फोटो खिचेर विज्ञापन गरेपनि त्यसलाई आफ्नो इच्छाअनुसार चारहप्तापछि डिलिट गर्न पाउने अधिकार भने आफूले सुरक्षित राखेको उनले बताएकी छिन् ।

Write a Comment

Events
Random Picks