स्टारका संघर्ष : राजनीकान्त खलासी त ब्राड पिट कुक
1-November-2015

यदी तपाईलाई पर्दामा देखिने सबै स्टारका जीवन सधैँ ग्ल्यामरस थियो भन्ने लाग्छ भने तपाई गलत हुनुहुन्छ । बलिउडदेखी हलिउडसम्म त्यस्ता थुप्रै स्टार छन् जसले लोकप्रियता कमाउनुहरु अनेक हन्डर ठक्कर खाएका छन् । संघर्ष गरेर स्थापित भएका बलिउड तथा हलिउडका केही कलाकार यस्ता छन् :

रजनीकान्त (खलासी थिए )
दक्षिण एशियामा निकै चर्चित छन्, रजनीकान्त । उनलाई दक्षिण भारतमा भगवान्कै रुपमा लिइन्छ । उनको मन्दिर समेत बनेका छन् । यती धेरै चर्चा बटुल्ने रजनीकान्त चलचित्रमा आउनुअघि गाडीमा खलासीको काम गर्दथे । खलासीको काम गर्दा गर्दै उनको स्टायलबाट प्रभावित भएर एक निर्देशकले उनलाई चलचित्रमा मौका दिएका थिए ।
अक्षयकुमार (भाँडा माझ्थेँ )
बलिउडमा स्थापित हुनअघि अक्षयकुमारले पनि निकै संघर्ष गरेका थिए । बैँककमा आफ्नो खर्च चलाउन उनले खाना बनाउने, भाँडा माझ्ने र वेटर समेतको काम गर्दथे ।
नवाजुद्धिन सिद्धिकी (गार्ड)
चलचित्रमा आउनुअघि नवाजले बाचमेन तथा केमिस्टमा जागिर गरेका थिए । उनी मुम्बई आउँदा आर्थिक अवस्था निकै कमजोर थियो । एक समय यस्तो पनि थियो, जब उनलाई कोठाको भाडा तिर्न पनि मुस्किल थियो ।
ह्यु ज्याकम्यान (सर्कस)
ह्यु जैकम्यान अहिले निर्क चर्चित छन् । उनले अभिनय गरेको चलचित्र एक्स म्यानको सिरिज सधौ चर्चामा रहन्छ । तर कुनै समय उनी जोकर बनेर सर्कसमा काम गर्ने गर्दथे । चलचित्रमा आउनुअघि उनको पेशा यही थियो ।
ब्राड पिट (कुक)
चलचित्र टोयका स्टार हलिउड अभिनेता ब्राड पिटले सुरुआती दिनमा निकै संघर्ष गरे । उनी रेस्टुरेण्टमा खाना बनाउने काग गर्दथे । त्यस्तै राती रेस्टुरेण्टका पाहुनालाई घर छाड्न समेत डाइभरको काम गर्दथे ।
रणवीर सिंह (कपिराइटर)
अहिले थुप्रै भारतीय युवाको धड्कन बनेका रणवीर सिंहको विगत संघर्ष नै संघर्षले भरिएको छ । उनी बलिउडमा आउनुअघि एउटा चर्चित विज्ञापन एजेन्सीमा कपिराईटरको काम गर्दथे । त्यो काम पाउन उनले निकै सघंर्ष गर्नुपरेको थियो । निर्देशक मनीष शर्माले अभिनय गर्न सुझाएपछि उनी चलचित्रमा होमिए ।
जोनी लिवर (कलम बेच्थे)
बलिउडका चर्चित कमेडियन जोनी लिवरले पनि निकै संघर्ष गरेका छन् । चलचित्रमा आउनुअघि उनी मुम्बईको सडकमा बसेर कलम बेच्ने काम गर्दथे ।
जेनिफर एनिस्टन (वेटर)
जेनिफर एनिस्टनले अहिले करोडौँ पैसा कमाइसकेकी छिन् । तर उनी सुरुआती दिनमा निकै संघर्षशिल थिइन् । उनले बाइक धुनेदेखी वेटर बन्नेसम्मका काम गरिन् । केही दिन उनी टेलीमार्केटर समेत थिइन् ।
आर माधवन (शिक्षक)
थ्री इडियस् चलचित्रमा अभिनय गरेका आर माधवनले इन्जिनियरिंगमा डिग्री गरेका छन् । तर उनी इन्जिनियर भएनन् । बरु खर्च चलाउनका लागि उनले अंग्रेजी भाषा सिकाउने गरेका थिए । उनले कलेजहरुमा पब्लिक स्पिकिंग र कम्युनिकेशन स्किल्स खुबै पढाए । अहिले यि अभिनेतालाई हलिउडबाट समेत प्रस्ताव आउन थालेको छ ।
परिणीति चोपडा (पब्लिक रिलेसन अफिसर)
परिणीति चोपडा प्रियंका चोपडकी बहिनी हुन् । तर उनले सजिलै बलिउडमा आफ्नो स्थान बनाएकी भने होइनन् । उनले बलिउडमा आउनुअघि निकै संघर्ष गरेकी थिइन् । अभिनयमा आउनुअघि उनी यशराज फिल्सको कार्यालयमा पब्लिक रिलेशन्स कन्सल्टेन्ट थिइन् । उनी अभिनयमा आउन पनि चाहदिँन थिइन् । उनको लक्ष्य एक बैँकर बन्ने थियो ।
– एजेन्सीको सहयोगमा

copy : www.ratopati.com

Write a Comment

Events
Random Picks