रानु मोन्डलको पहिलो गीतको 'टिजर' सार्वजनिक
11-September-2019

एजेन्सी
मुम्बई, भदौ २५

गायक तथा संगीतकार हिमेश रेशमियाले रानु मोन्डलको पहिलो गीतको 'टिजर' सार्वजनिक गरेका छन्। 'तेरी मेरी कहानी' बोलका यो गीतमा रानु र हिमेश दुवैको स्वर छ। यो गीत हिमेशको नयाँ फिल्म 'ह्याप्पी, हार्डी एन्ड हीर' को हो । हिन्दुस्तान टाइम्सका अनुसार यसको म्यूजिक भिडिओ बिहीबार सार्वजनिक गरिने भएको छ।

रेलवे स्टेशनमा गाउँदै भिक मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो। हिमेशले ट्विटरमा टिजर सार्वजनिक गरेलगत्तै धेरै प्रतिक्रिया आइरहेका छन्। रानुको स्वरको धेरैले प्रशंसा गरेका छन्। 

टिजरमा प्रशंसकले लेखेका छन्– अहिलेसम्म सबभन्दा धेरैपटक सुनेको हरफ हो, तेरी मेरी कहानी।अर्काले लेखेका छन्– भोलि (बिहीबार) को व्यग्र प्रतीक्षामा। म एकदमै उत्साहित छु। यो गीत उत्कृष्ट हुनेछ।रानुको चर्चा कुनै नाम चलेकी सेलेब्रेटीभन्दा कम छैन। नहोस् पनि कसरी, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा बसेर रानुले 'एक प्यारका नग्मा है' गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै टिभी र सञ्चार माध्यममा उनै छाएकी छन्। 

हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गाउने अवसर दिए। उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। बाटामा मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। 

Write a Comment

Events
Random Picks