'रांझणा-२' मा साराको जोडी बने धनुष
11-September-2019


एजेन्सी
मुम्बई, भदौ २५

शाहरूख खानसँग मिलेर बनाएको 'जिरो' वक्सअफिसमा पछारिएपछि निर्देशक आनन्द एल रायले आफ्नो सुपरहिट सिनेमा 'रांझणा'को सिक्वल बनाउँदैछन्।उनको यस  सिनेमामा धनुष र सारा अलि खानको जोडी बाँधिएको छ।

धनुषले यस अघि 'रांझणा'मा पनि मुख्य भूमिकामा काम गरिसकेका छन्। सो सिनेमामा उनले सोनम कपुरसँग काम गरेका थिए। हाल सिनेमाको प्रि-प्रोडक्सनको काम चलिरहेको छ।सिनेमा डिसेम्बर वा आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने बताइएको छ।

यस्तै यसअघि सिनेमामा सारा र धनुषसँगै ऋतिक रोशन पनि प्रमुख भूमिकामा हुने चर्चा चलेको थियो तर उनी सिनेमामा छन् या छैनन् भन्ने बारेमा भने हालसम्म केहि खुलेको छैन।

Write a Comment

Events
Random Picks