तरकारीवालीले ब्याच्लरदेखि डिग्रीसम्म निःशुल्क पढ्न पाउने
17-September-2019


जक्सन डटकम
काठमाडौं  ३१ भाद्र 
सामाजिक सञ्जालमा भाइरल बनेकी तरकारीवालीले अब ब्याच्लरदेखि डिग्रीसम्म निस्शुल्क पढ्न पाउने भएकी छिन्। तरकारी बोकेको तश्बिर सामाजिक सञ्जालमा भाइरल भएकी कुशुम श्रेष्ठले अब  काठमाडौंको बबरमहल स्थित नेपाल मेगा कलेजमा ब्याच्लरदेखि डिग्रीसम्म निस्शुल्क पढ्न पाउने भएकी हुन् । नेपाल मेगा कलेजले उनलाई ब्याच्लरदेखि डिग्रीसम्म निस्शुल्क पढ्न पाउने ब्यबस्था मिलाउने भएको हो ।  तरकारीवाली नामले चिनिएकी कुशुमले १२ कक्षा पढ्नको लागी पनि छात्रवृति पाएकी थिइन् ।

उनलाई १२ कक्षा पढ्नलाई फिल्म लम्फू का निर्माता शक्तिबल्दभ घोरासैनीले छात्रवृति प्रदान गरेको थिए । उनी आइतबार नेपालकै उत्कृष्ट  कलेजमा गनिने मेगा कलेजमा भर्ना भएकी छिन् । उनले आफु मेगा कलेजमा अध्ययन गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएकी छिन् । उनले भनिन्, अहिले मेरो प्राथमिकता भनेकै अध्ययन हो, राम्रो कलेजमा पढ्न पाउँदैछु । उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु ।

Write a Comment

Events
Random Picks